राष्ट्रिय किताबखानामा २८३ पद दर्ता
baahrakhari.com · Sun Jul 26 11:41:43 GMT 2026

काठमाडौं । सरकारको संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण कार्यान्वयनअन्तर्गत नयाँ संगठन संरचना तथा दरबन्दी दर्ता प्रक्रिया सुरु भएको छ । मन्त्रिपरिषद्को २०८३ असार ३२ गतेको निर्णय कार्यान्वयन गर्दै राष्ट्रिय किताबखानाले हालसम्म फास्ट ट्र्याक प्रणालीमार्फत २८३ वटा पद दर्ता गरिसकेको जनाएको छ ।
यस प्रक्रियामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय पहिलो निकाय बनेको छ । मन्त्रालयले आफ्नो तथा मातहतका राष्ट्रिय किताबखाना र सहकारी रजिष्ट्रारको कार्यालयको संगठन संरचना र दरबन्दी विवरण साउन ८ गते राष्ट्रिय किताबखानामा दर्ताका लागि पठाएको थियो।
Read full story at source (baahrakhari.com)