तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा २ लाख ५० हजार बढी विस्थापित
rajdhanidaily.com · Sun Jul 26 11:47:24 GMT 2026

दक्षिण–पश्चिम फ्रान्समा फैलिएको भीषण डढेलोका कारण आइतबार राति थप ५५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । यससँगै उक्त क्षेत्रमा डढेलोका कारण घर छाड्न बाध्य हुनेको सङ्ख्या दुई लाख ५० हजारभन्दा बढी पुगेको छ । आगो वाइन उत्पादनका लागि प्रसिद्ध सहर बोर्दोनजिक पुग्दै गएको अधिकारीले बताएका छन् ।
बोर्दोस्थित गिरोन्ड क्षेत्रका अधिकारीले सहरको दक्षिण–पश्चिममा रहेका थप पाँच बस्तीका बासिन्दालाई राति नै सुरक्षित स्थानमा सर्न आदेश दिएका छन् ।
Read full story at source (rajdhanidaily.com)