आत्मालोचना गर्दै शंकर पोखरेलले भने- युवालाई सम्बोधन गर्न हामी असफल भयौँ
nepalpress.com · Sun Jul 26 12:09:52 GMT 2026

रुपन्देही । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आन्तरिक कमजोरी स्वीकार्दै पार्टीमा अब वैचारिक पुनर्गठन आवश्यक रहेको बताएका छन् । केही समयअघिसम्म नेतृत्वको रक्षामा खरोरूपमा उत्रिने गरेका पोखरेलले आइतबार लुम्बिनी प्रदेश कमिटीद्वारा आयोजित ‘मिशन पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रममा नेताकार्यकर्तासँग खुलेर आफ्ना कमजोरी स्वीकारे ।
‘हाम्रै कमजोरीले यो अवस्था आएको हो, अलिकति सूचना पनि आएकै थिए कमजोरी कहाँ छन् भन्ने त्यो बेलैमा सल्टाउन सकिएन, अब वैचारिक पुनर्गठनको आवश्यक छ । आन्तरिक कमजोरी भएकै कारण यो अवस्था आयो भन्न हिचकिचाउनु पर्दैन । पार्टी जीवनमा सवैभन्दा ठूलो पराजय हो यो । कार्यकर्तामा चरम निराशा छ’, पोखरेलले भने ।
Read full story at source (nepalpress.com)