नारायणी नदी तीव्र गतिमा तटबन्धन निर्माण गरिँदै
canadanepal.com · Sun Jul 26 12:15:29 GMT 2026
चितवन - चार वर्षअघि सम्झौता भएर सुस्त गतिमा काम भइरहेको नारायणी नदीमा तटबन्धन निर्माणले तीव्रता पाएको छ । समयमा काम हुन नसकेका आयोजनाको कामलाई पछिल्लो समय तीव्रता दिइएको हो ।
गत वर्षको कात्तिकसम्म भौतिक प्रगति कमजोर भएका दुई निर्माण आयोजनाको कामले अहिले पनि गति पाएको हो । सम्झौता भएर पनि समयमा सम्पन्न हुन नसकेका प्रमुख दुई निर्माण यतिबेला अन्तिम चरणमा पुगेका छन् । चितवनको सिसै-भगेँडी बालुवा क्षेत्रको छ किलोमिटर तटबन्धन गत कात्तिकसम्म २४ प्रतिशत मात्र सम्पन्न भएको थियो । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयको सक्रियतासँगै अहिले ९० प्रतिशत भौतिक प्रगति हासिल भएको छ ।
Read full story at source (canadanepal.com)