विनाशकारी बाढीको पीडामा परेको नेपाललाई सहयोग गर्न राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा विश्व समुदायलाई अपिल
ratopati.com · Thu Aug 27 12:31:29 GMT 2026

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले नेपालमा आएको विनाशकारी बाढीबाट ठुलो मानवीय तथा भौतिक क्षति भएको उल्लेख गर्दै उद्धार, राहत र पुनःस्थापनाका लागि संयुक्त राष्ट्रसङ्घ र सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायसँग मानवीय सहयोग तथा ऐक्यबद्धताको लागि अपिल गरेका छन्।
कम्बोडियाको फ्नोम पेनमा जारी दोस्रो अन्तर-व्यवस्थापकीय सभामुख/अध्यक्ष सम्मेलन (आईएससी-२) लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले अगस्ट २६ मा नेपालमा आएको अकल्पनीय विनाशकारी बाढीले ठुलो क्षति पुर्याएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय समुदायको मानवीय ऐक्यबद्धता आवश्यक रहेको बताएका हुन् ।
Read full story at source (ratopati.com)