एकैदिन ९५ सयले घट्यो सुनको भाउ
himalpress.com · Sun Aug 30 05:26:09 GMT 2026

काठमाडौँ- सुनको भाउ तोलामा ९ हजार ५ सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १८ हजार ५ सय रुपैयाँ थियो।
बिहीबार ३ लाख २० हजार ९ सय तथा बुधबार ३ लाख २२ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो। चाँदी आज तोलामा १८५ रुपैयाँ घटेको छ । शुक्रबार ४ हजार ९६५ रुपैयाँ रहेको चाँदीको भाउ आज ४ हजार ७८० रुपैयाँमा कारोबार भएको छ।
Read full story at source (himalpress.com)