युक्रेनी भूमि डोनेत्स्क र लुहान्स्क त्याग्नुपर्ने पुटिनको सर्त, के भन्छन् युरोपेली नेता?
himalpress.com · Sat Aug 16 16:40:02 GMT 2025
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्ध अन्त्यका लागि डोनेत्स्क र लुहान्स्क क्षेत्रबाट युक्रेन फिर्ता हुनुपर्ने सर्त राखेका छन्। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्ना मूल माग पूरा भए बाँकी सर्त स्थगित गर्न सक्ने बताएका हुन्। फाइनान्सियल टाइम्स ले चार प्रत्यक्ष स्रोतलाई उधृत गर्दै पुटिनले यो माग शुक्रबार अलास्कामा ट्रम्पसँगको भेटवार्तामा राखेको उल्लेख गरेको छ।
पुटिनको यो सर्त शनिबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली नेताहरूसँगको फोन वार्तामा पुर्याएका छन्। यस कदमले मस्कोलाई दशकभन्दा बढी समय अंशतः कब्जामा रहेको र नोभेम्बरयता सबैभन्दा तीव्र गतिमा अगाडि बढिरहेको भूभागमा पूर्ण स्वामित्व दिनेछ।
Read full story at source (himalpress.com)