यान्त्रिक चेकिङमा अवस्था ठिक नभएका ५३ जना चालक कारबाहीमा
baahrakhari.com · Wed May 15 17:55:49 UTC 2024

काठमाडौं । भक्तपुरको ठुलोबेँसीमा बुधबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका ५३ वटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
असीभन्दा बढी सवारी साधन चेक गर्दा ह्यान्डब्रेक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएकासहित अवस्था ठिक नभएका ५३ सवारी साधन फेला परेपछि चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
Read full story at source (baahrakhari.com)