अबदेखि प्रिमियम मूल्यमा शेयर निष्काशन नगर्नु, गरेकाले जगेडा कोषमा राख्नुः सर्वोच्च (पूर्णपाठसहित)
corporatenepal.com · Sun Jul 26 13:32:21 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतले अबदेखि प्रिमियम मूल्यमा शेयर निष्काशन नगर्न र गर्न नदिन नेपाल धितोपत्र बोर्ड, नेपाल बीमा प्राधिकरण, हिमालयन पुनर्बीमा (रि) कम्पनीलाई आदेश दिएको छ ।
हिमालयन रिको सम्वन्धमा परेको मुद्दामा सर्वोच्चले गत वैशाख १५ मा दिइको आदेशको पूर्णपाठ अहिले सावैजनिक गरिएको हो । उक्त पूर्णपाठमा प्रिमियम मूल्यमा शेयर निष्काशन गर्न दिने कुराले सुशासनलाई समेत कमजोर बनाउँछ भन्दै अब उप्रान्त कानुनविपरित प्रिमियम मूल्यमा शेयर जारी वा निष्काशन नगर्न, यसअघि प्रिमियम मूल्यमा शेयर बिक्री गरी प्राप्त रकममध्ये अंकित मूल्यभन्दा बढी रकम कम्पनी ऐन २०६३ को दफा २९ (२) र (३) अनुसार प्रिमियम खाता खोली जम्मा गर्न र त्यस्तो रकमलाई कम्पनीले प्रयोग गर्नसक्ने व्यवस्थालाई बीमा ऐन २०७९ को दफा २९ ले समेत सम्बोधन गरेको देखिँदा प्रत्यक्षी नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डले संयुक्तरुपमा समन्वय गरी जगेडा कोष स्थापना गरी त्यसमा राख्न भनेको छ ।
Read full story at source (corporatenepal.com)