प्रधानमन्त्री बालेनको सचिवालयवाट माधव खनाल ‘आउट’
rajdhanidaily.com · Sun Jul 26 13:41:56 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सचिवालयमा कार्यरत माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । प्रधानमन्त्री बालेनले खनालको व्यक्तिगत गतिविधि र आचरण चित्त नबुझेपछि जिम्मेवारीबाट हटाएका हुन् ।
प्रधानमन्त्री साह काठमाडौं महानगरपालिकाको मेयर हुँदैदेखि उनको सचिवालयमा रहेका रुपन्देहीका खनालले श्रीमती बबिता तिवारी र भाउजू बिना न्यौपानेलाई लेनदेनको निहुँ पारेर घर निकाला गरेको पारिवारिक गुनासो सञ्चारमाध्यममा सार्वजनिक भएको थियो । उक्त गुनासो सार्वजनिक भएपछि खनाल विवादमा तानिएका थिए । श्रीमतीसँग छुट्टीभिन्नको मुद्दा अदालतमा बिचाराधीन छ ।
Read full story at source (rajdhanidaily.com)