साउनभित्रै उपत्यकामा डीडीसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
nepalnews.com · Sun Jul 26 13:51:10 GMT 2026

काठमाडौँ। दुग्ध विकास संस्थान (डीडीसी) ले आफ्ना उत्पादन सहजै उपभोक्तामाझ पुर्याउने उद्देश्यले यही साउनभित्र काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ३० वटा ‘आउटलेट’ सञ्चालनमा ल्याउने तयारी गरेको छ।
उपभोक्ताको आवश्यकता र मागलाई ध्यानमा राखेर सेवा विस्तार गरिरहेको डीडीसीले नयाँ अवधारणा तथा मोडेलमा सेवा प्रवाह गर्ने तयारी थालेको हो। काठमाडौँको बूढानीलकण्ठ, वनस्थली, कलंकी, कोटेश्वर, नयाँ बानेश्वरलगायत क्षेत्रमा नयाँ आउटलेट सञ्चालनमा ल्याउने तयारी भइरहेको डीडीसीका महाप्रबन्धक शरणकुमार पाण्डेले जानकारी दिए।
Read full story at source (nepalnews.com)