प्रधानमन्त्री राहत कोषको नाममा ठगी: नक्कली स्टेटमेन्ट बनाउने युवा पक्राउ
annapurnapost.com · Sun Aug 30 05:35:35 GMT 2026

काठमाडौं : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख २० हजार रुपैयाँ सहयोग गरेको भन्दै नक्कली बैंक स्टेटमेन्ट र क्यूआर कोड सामाजिक सञ्जालमा पोस्ट गर्ने एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मन्थली रामेछापका अनुसार पक्राउ पर्नेमा गोकुलगंगा गाउँपालिका वडा नम्बर २ का ३२ वर्षीय भगवान् कार्की रहेका छन्।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूको उद्धार तथा राहत संकलनका लागि नेपाल सरकारले स्थापना गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफूले १ लाख २० हजार रुपैयाँ सहयोग गरेको भन्दै कार्कीले सामाजिक सञ्जालमा नक्कली स्टेटमेन्ट पोस्ट गरेको प्रहरीले जनाएको छ।
Read full story at source (annapurnapost.com)