नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबारदेखि सञ्चालन हुँदै
shilapatra.com · Sun Jul 26 14:01:00 GMT 2026

काठमाडौं प्रवेशद्वारमा अवस्थित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग र बलम्बु फ्लाइओभर सडक बत्तीको उज्यालोले रातको समयमा झलमल्ल देखिन थालेका छन् ।
सुरुङमार्ग र फ्लाइओभरमा जडान गरिएका सडक बत्तीले रातको समयमा राजधानीको पश्चिमी नाका चम्किएको छ । काठमाडौं र धादिङलाई जोड्ने नेपालको पहिलो सडक सुरुङमार्ग नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक उद्घाटनपछि सञ्चालनमा आउँदै छ ।