सरकारको व्यापार घाटा न्यूनीकरण कार्ययोजना : किन देखिएन उपलब्धि ?
baahrakhari.com · Sun Jul 26 14:32:06 GMT 2026

काठमाडौं । सरकारले देशको अर्थतन्त्रलाई धराशायी हुनबाट जोगाउन वि.सं. २०७९ मा पाँच आर्थिक वर्ष (२०७९/८०–२०८४/८५)का लागि ‘व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना’ कार्यान्वयनमा ल्याएको थियो । जसले केही वर्षभित्रै नेपाललाई मुख्य कृषि उपज र ऊर्जामा आत्मनिर्भर बनाउँदै परनिर्भरता तोड्ने नीति अघि सारेको थियो । तर, पछिल्लो १० वर्षको व्यापार घाटाको तथ्यांक र कार्ययोजनाको लक्ष्यलाई तुलना गर्दा उपलब्धि चुनौतीपूर्ण देखिएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार नेपालको व्यापार घाटा हरेक वर्षंजसो बढ्दो क्रममा छ । अधिकांश वस्तु तथा सेवामा परनिर्भर हुनपरेको छ । आयात नियन्त्रित हुन नसक्नु र निर्यातको आकार आयातको तुलनामा धेरै कम हुँदा बर्सेनि व्यापार घाटाको आकार चुलिएको हो ।
Read full story at source (baahrakhari.com)