गोरखामा आगलागी हुँदा एक घर जलेर नष्ट
gorkhapatraonline.com · Sun Aug 30 05:39:56 GMT 2026

गोरखामा आगलागी हुँदा एक घर जलेर पूर्ण रूपमा नष्ट भएको छ । आइतबार बिहान करिब ४ बजे अचानक घरमा आगलागी हुँदा गोरखा नगरपालिका–३, नारेश्वरमा स्थानीय सीता अर्यालको घर जलेर पूर्ण रूपमा नष्ट भएको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार ढुङ्गा–माटोले बनेको कच्ची घरमा आगलागी हुँदा घर पूर्ण रूपमा नष्ट भएको हो ।
Read full story at source (gorkhapatraonline.com)