दिगो कृषिमा भित्रिँदै जापानी प्रविधि, एक अर्बभन्दा बढी लगानी
nagariknews.nagariknetwork.com · Sun Jul 26 14:57:09 GMT 2026

दिगो कृषि, स्वच्छ वातावरण, जल शुद्धीकरण, ऊर्जा बचत तथा फोहोर व्यवस्थापनमा जापानी अत्याधुनिक प्रविधि नेपालमा भित्रिने भएको छ । नेपालको सन्दिपानी ग्रुप अफ कम्पनी र नेपाल युनिभर्सल ट्रेडिङले आइतबार काठमाडौंमा आयोजना गरेको ‘जापान टु नेपाल: इनोभेट, इन्टिग्रेट एण्ड इन्सपायर’ कार्यक्रममा जापानी कम्पनीहरूले करिब ८० करोड रुपैयाँभन्दा बढीको प्रारम्भिक लगानी योजना सार्वजनिक गरेका हुन् ।
कार्यक्रमले नेपालमा हरित प्रविधिमार्फत कृषि उत्पादन वृद्धि, वातावरण संरक्षण तथा ऊर्जा दक्षता अभिवृद्धिका नयाँ सम्भावना औंल्याएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का उपाध्यक्ष दिलसुन्दर श्रेष्ठले नेपाल र जापानबीच प्रविधिमा आधारित सहकार्य विस्तारले दिगो आर्थिक विकास, कृषि आधुनिकीकरण तथा वातावरण संरक्षणमा नयाँ अध्याय सुरु गर्ने विश्वास व्यक्त गरे । उनले निजी क्षेत्रबीचको सहकार्यलाई लगानी, रोजगारी र नवप्रवर्तनसँग जोड्नुपर्नेमा जोड दिए ।
Read full story at source (nagariknews.nagariknetwork.com)