भ्रष्टाचारविरुद्धको अभियानमा इराकमा ४७ अधिकारी पक्राउ
lokaantar.com

इराकी सुरक्षा निकायले भ्रष्टाचारविरुद्ध सञ्चालन गरिएको अभियानका क्रममा संसद्का सदस्यसहित ४७ जना अधिकारीलाई पक्राउ गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
हालै प्रधानमन्त्री नियुक्त भएका अली अल–जैदीले पदभार ग्रहण गरेसँगै भ्रष्टाचार नियन्त्रण र राज्यको सुरक्षा संयन्त्रलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । उनको नेतृत्वमा सञ्चालन गरिएको यो अभियान आगामी महिना हुने अपेक्षित संयुक्त राज्य अमेरिकाको भ्रमणअघि सुरु गरिएको हो ।
Read full story at source (lokaantar.com)