नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडद्वारा बाढी पिडितका लागि ४ करोड १ लाख सहयोग
barnanmedia.com · Sun Aug 30 05:41:59 GMT 2026

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडद्वारा बाढी पिडितका लागि ४ करोड १ लाख सहयोग नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले हालै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीेबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ४ करोड १ लाख आर्थिक सहयोग गरेको छ ।
प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन लगायतका जिल्लाहरुमा मानवीय तथा भौतिक क्षति तथा नागरिकको दैनिक जीवन प्रभावित भइरहेको वर्तमान अवस्थामा राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले बैंकले सो कोषमा रकम सहयोग गरेको छ । विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको साथमा रहँदै खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सरकार तथा सम्बन्धित निकायलाई सहयोग पुर्याउने यस मानविय कार्यमा बैंकले ऐक्यवद्धता जनाएको छ ।
Read full story at source (barnanmedia.com)