कालसँग कुस्तीः असी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त सार्वजनिक
deshsanchar.com · Sat Mar 01 17:44:27 GMT 2025

असी वर्षको उमेरमा चौथो स्टेजको क्यान्सरविरुद्ध सफल उपचारयात्रा समेटिएको पुस्तक ‘कालसँग कुस्ती’ आज सार्वजनिक गरिएको छ । आधुनिक ओखतिविज्ञान, आर्यूवेद तथा आध्यात्मिक अभ्यासका कारण चौरासी वर्षका क्याप्टेन आशबहादुर गुरुङ क्यान्सरमुक्त भएका हुन् । दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालको एक रिपोर्टलाई उद्धृत गर्दै पुस्तकमा सो दावी गरिएको छ ।
पुस्तकमा ब्रिटिस सेनामा झन्डै तीन दशक लामो पल्टनयात्रा, ईन्डोनेसिया–मलेसियाको सीमावर्ती घनाजङ्गलमा भएको भीडन्त, अमेरिकामा सम्पन्न सैनिक प्रशिक्षणलगायत अन्य रोचक प्रसंगहरु छन् । कालसँग कुस्ती जीवन वृत्तान्त मात्र होइन । पुस्तकमा गुरुङ समुदाय, तत्कालीन नेपाली समाज, लाहुरे संस्कृतिको संघर्ष र गोर्खाज्हरूले सामना गर्नुपरेका विभेदको वेलिविस्तार गरिएको छ। यसका अतिरिक्त पुस्तकमा अवकाशपछि क्याप्टेन गुरुङको समाजसेवा यात्रामा समर्पित रहे, जसमा तमू बौद्ध सेवा समिति स्थापनागायत माओवादी द्वन्द्व पीडित अनाथ बालबालिकाहरुलाई आश्रय र शिक्षा प्रदान तथा रोटरी इन्टरनेशनलमार्फत् सेवा गरे
Read full story at source (deshsanchar.com)