cc
barnanmedia.com · Sun Jul 26 15:42:42 GMT 2026

अमेरिकी डलर भनी सर्वसाधारणलाई झुक्याएर नेपाली रकम ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाका विभिन्न स्थानमा अमेरिकी डलर देखाई नेपाली रकम ठगी गरेको आरोपमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ बस्ने २६ वर्षीय सुनिल डुम्जनलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार सर्वसाधारणलाई अमेरिकी डलर देखाई विभिन्न व्यक्तिबाट लाखौँ रुपियाँ ठगी गर्ने समूहका चार जनाको पहिचान भएको छ। तीमध्ये सुनिललाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ।
Read full story at source (barnanmedia.com)