दुईवटै साना हिमताल फुटे, ठुलो जोखिम घट्यो
gorkhapatraonline.com · Sun Aug 30 05:51:02 GMT 2026

रसुवाको भोटेकोशीमा आएको बाढीको उद्गमस्थल ल्हेन्दे खोला क्षेत्रमा बनेका दुईवटा ससाना ताल आइतबार बिहान विष्फोट भएका छन् । जसका कारण आइतबार बिहानैदेखि भोटेकोशीमा बाढीको मात्रा बढेको थियो । दुईवटै ताल फरक फरक समयमा फुटेकोले भोटेकोशीमा ठुलो मात्रामा बाढी नआएको हो ।
हिमाल, हिमनदी र हिउँ पहिरोको बारेमा अध्ययन अनुसन्धानमा संलग्न चिनियाँ वैज्ञानिक गुवसियोङ चङले आइतबार बिहान सार्वजनिक गरेको स्याटलाइट तस्विरमा दुईवटै तालको पानी फुटेर बगेको देखिएको छ ।
Read full story at source (gorkhapatraonline.com)