बाढी प्रभावित क्षेत्रमा विद्यालयसहित सार्वजनिक संस्थामा सौर्य विद्युत् जडान सुरु
himalpress.com · Sun Aug 30 05:52:42 GMT 2026

काठमाडौँ- शिक्षा तथा खेलकुद मन्त्रालयले भोटेकोशी बाढी-त्रिशूली का कारण राष्ट्रिय प्रसारण लाइन अवरुद्ध भई विद्युत् सेवा प्रभावित भएका क्षेत्रमा विद्यालयसहित अत्यावश्यक सार्वजनिक संस्थाहरूमा वैकल्पिक विद्युत् पहुँच सुनिश्चित गर्ने काम सुरु भएको जनाएको छ।
मन्त्रालयका अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत स्वास्थ्य चौकी, विद्यालय, पालिका तथा वडा कार्यालयलगायत नागरिकलाई अत्यावश्यक सेवा प्रदान गर्ने संस्थाहरूमा २ किलोवाटपिक क्षमताका संस्थागत सौर्य विद्युत् प्रणाली उपलब्ध गराउने कार्य अघि बढाइएको हो।
Read full story at source (himalpress.com)