पोखरा स्पोर्टस् अवार्डबाट ७ लाख ७१ हजार बचत
ratopati.com · Sun Jul 26 16:45:47 GMT 2026
गण्डकी । नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले गत वैशाखमा आयोजना गरेको दसौँ रारा पोखरा स्पोर्टस् अवार्डबाट रु सात लाख ७१ हजार ४१८ बचत गरेको छ । मञ्चले आइतबार यहाँ अवार्ड कार्यक्रमको आयव्यय सार्वजनिक गर्दै रु ३४ लाख ७५ हजार ९३८ आम्दानी र रु २७ लाख चार हजार ५२० खर्च भएको जनाएको हो ।
दसौँ संस्करणको अवार्डमा हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउ मुख्य प्रायोजक तथा गुरुङ गहना घर प्रालि र केल्मे नेपाल सह(प्रायोजक रहेका थिए । गण्डकी प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद् (गण्डकी), पोखरा महानगरपालिकालगायत विभिन्न स्थानीय तह, व्यावसायिक संस्था तथा सामाजिक सङ्घसंस्थाको सहयोगमा प्रतियोगिता आयोजना गरिएको मञ्चका अध्यक्ष एमबी आस्था मगरले बताइन् ।
Read full story at source (ratopati.com)