बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि
nepalnews.com · Sun Jul 26 17:24:48 GMT 2026

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि भएको छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले पाटेबाघसहित अन्य वन्यजन्तु अवलोकनका लागि गत आर्थिक वर्ष २०८२/८३ मा एक हजार ४६६ जना पर्यटक यहाँ आएका जानकारी दिए।
उनले अघिल्लो आव २०८१/८२ मा ६२० जना पर्यटकले मात्र अवलोकन गरेकामा आव २०८०/८१ मा ४४४ जना पर्यटकले निकुञ्जको अवलोकन गरेका उल्लेख गरे । ‘पर्यटकको आगमन बढ्नु यस क्षेत्रको अर्थतन्त्र चलायमान हुनु हो। तर, सरोकार भएका निकायले पर्यटन प्रवर्द्धनमा योजना बनाई प्रभावकारी कार्यान्वयन गरेमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन अझै बढ्न सक्छ’, उनले भने ।
Read full story at source (nepalnews.com)