देशभर विपद्का ४१ घटना, २३ लाखबराबरको क्षति
baahrakhari.com · Sun Jul 26 17:53:15 GMT 2026

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४१ वटा विपद्का घटना घटेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपदबाट ३७ जिल्ला प्रभावित भएका छन् । विपदबाट कुल २३ लाख २३ हजार रुपैयाँबराबरको क्षति भएको छ ।
विपदमा परेर तीनजनाको निधन भएको छ भने १९ जना घाइते भएका छन् । प्राधिकरणका अनुसार, साउन ९ गते बिहानदेखि १० गते बिहानसम्म सबैभन्दा बढी सर्पदंशका घटना भएका छन् ।
Read full story at source (baahrakhari.com)