१५ औं महाधिवेशन रोक्न देउवा र खड्काको मागमा सर्वोच्चले दिएन अन्तरिम आदेश
onlinekhabar.com · Thu Aug 27 12:31:45 GMT 2026

११ भदौ, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन रोक्नु पर्ने माग गरेका शेरबहादुर देउवा र पूर्णबहादुर खड्कालाई सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीशहरू नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखेरलको इजलासले यस्तो आदेश जारी गरेको हो।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले देउवा र खड्काको निवेदनमा अन्तरिम आदेश नभएको बताए। उनले भने, ‘पुरक निवेदनमा महाधिवेशन रोक्न आदेश हुनुपर्ने माग थियो। तीन सदस्यीय पूर्ण इजलासले त्यो मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।’
Read full story at source (onlinekhabar.com)