बाढी प्रभावित क्षेत्रका ग्राहकलाई डिशहोम इन्टरनेटको निःशुल्क सेवा
corporatenepal.com · Thu Aug 27 12:29:33 GMT 2026

काठमाडौँ । विनाशकारी बाढी प्रभावित क्षेत्रका ग्राहकलाई इन्टरनेट सेवा प्रदायक कम्पनी डिशहोमले निःशुल्क सेवा दिएको जानकारी दिएको छ । विनाशकारी बाढीबाट प्रभावित ग्राहकप्रति सहयोग र ऐक्यबद्धता जनाउन निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको कम्पनीको भनाई छ ।
प्राकृतिक विपद्का कारण दैनिक जनजीवन प्रभावित भइरहेका बेला सूचना, सञ्चार तथा आपत्कालीन समन्वयमा इन्टरनेट सेवाको महत्वपूर्ण भूमिका रहने भएकाले प्रभावित ग्राहकहरूलाई १५ दिनको थप निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराइने भएको हो । डिशहोम इन्टरनेटको पहुँच पुगेका क्षेत्र त्रिशूली, बट्टार, गल्छी, आदमघाट, मलेखुमा थप निःशुल्क सेवा उपलब्ध हुनेछ ।
Read full story at source (corporatenepal.com)