घटेको घट्यै भयो टक्सिकको बक्स अफिस कलेक्सन, चौथो दिन २४.५० करोडमा समेटियो कमाई
ratopati.com · Sun Aug 30 06:34:58 GMT 2026

नयाँ दिल्ली । कन्नड सुपरस्टार यशको फिल्म ‘टक्सिक’को कमाई निरन्तर घटिरहेको छ । पहिलो दिन फिल्मले भारतमा १०१ करोड १० लाख भारु कमाएको थियो । तर त्यसयता फिल्मको कमाई निरन्तर ओरालो लागिरहेको छ ।
दोस्रो दिन ३७ करोड६५ लाख भारु कमाएको फिल्मले तेस्रो र चौथो दिन २७ करोड २० लाख भारु र २४ करोड ५० लाख भारु कमायो । चौथो दिनमा ‘टक्सिक’ को कमाई पहिलो दिनको तुलनामा लगभग ७५.८ प्रतिशतले घटेको छ । चार दिनमा फिल्मको भारतको कुल कलेक्सन लगभग १९० करोड ४५ लाख भारु पुगेको छ ।
Read full story at source (ratopati.com)