फिर्केखोला संरक्षणमा चासो
barnanmedia.com · Mon Jul 27 00:17:22 GMT 2026

पोखरा महानगरपालिकाका–१८ अधँरीकुना हुँदै फेवाताल मिसिने फिर्केखोला संरक्षण तथा सौन्दर्यीकरण गर्न वातावरण संरक्षणका लागि महाअभियानले माग गरेको छ ।
पोखरामा आइतबार पत्रकार सम्मेलन गरी महाअभियानले फिर्केखोला खोलाघरमा निर्मित सबै संरचना हटाइ पैदल मार्ग र साइकल लेनसहितको फिर्केखोला करिडोर निर्माण गर्नुपर्नेमा जोड दिएको हो । महानगरपालिकाले फिर्केखोला खोलाघरका अतिक्रमित संरचना हटाउने कार्य स्थगन गरेकामा महाअभियानले ध्यानाकर्षण भएको जनाएको छ ।
Read full story at source (barnanmedia.com)