दिगो कृषिमा जापानी प्रविधि भित्रिँदै
nepalnews.com · Mon Jul 27 00:39:46 GMT 2026
काठमाडौँ । नेपालको दिगो कृषि, स्वच्छ वातावरण, जल शुद्धीकरण, ऊर्जा बचत तथा फोहर व्यवस्थापनका लागि जापानी अत्याधुनिक प्रविधि नेपालमा भित्रिने भएको छ ।
नेपालको सन्दिपानी ग्रुप अफ कम्पनी र नेपाल युनिभर्सल ट्रेडिङले आइतबार काठमाडौँमा आयोजना गरेको ‘जापान टु नेपालः इनोभेट, इन्टिग्रेट एन्ड इन्सपायर’ कार्यक्रममा जापानी कम्पनीले करिब रु ८० करोडभन्दा बढीको प्रारम्भिक लगानी योजना सार्वजनिक गरेका छन् । कार्यक्रमले नेपालमा हरित प्रविधिमार्फत कृषि उत्पादन वृद्धि, वातावरण संरक्षण तथा ऊर्जा दक्षता अभिवृद्धिका नयाँ सम्भावना औँल्याएको छ ।
Read full story at source (nepalnews.com)