आज संघीय संसद्का तीन संसदीय समितिको बैठक बस्दै
nepalnews.com · Mon Jul 27 00:58:16 GMT 2026

काठमाडौ । सङ्घीय संसद् मातहतका तीन वटा संसदीय समितिको बैठक आज बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार सोमबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।
कार्यसूचीअनुसार अपराह्न २ः०० बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’ को कार्यान्वयनको अवस्थाका बारेमा छलफल हुने कार्यक्रम रहेको छ ।
Read full story at source (nepalnews.com)