युरोपमा आगोको त्रास: फ्रान्स र स्पेनमा अढाई लाखभन्दा बढी विस्थापित
nepalviews.com · Mon Jul 27 01:02:31 GMT 2026

एजेन्सी । दक्षिण–पश्चिम फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलोका कारण जनजीवन अस्तव्यस्त बनेको छ। लगातारको तातो हावाको लहर र तीव्र हावाका कारण अनियन्त्रित बनेको डढेलोले युरोपमा ठूलो प्राकृतिक तथा मानवीय संकट निम्त्याएको छ। फ्रान्समा मात्रै डढेलोका कारण घर छाड्न बाध्य हुनेको सङ्ख्या दुई लाख ५० हजारभन्दा बढी पुगेको छ।
फ्रान्सको गिरोन्ड क्षेत्रमा राति चलेको तीव्र हावाले डढेलोलाई थप फैलन सहयोग गरेपछि प्रशासनले वाइन उत्पादनका लागि प्रसिद्ध सहर बोर्दोनजिकका थप बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सर्न आदेश दिएको छ। साताको मध्यदेखि नियन्त्रणबाहिर रहेको यस आगोले करिब ४२ हजार हेक्टर क्षेत्रमा क्षति पुर्याएको छ, जुन क्षेत्रफल म्यानहटन टापुभन्दा करिब सात गुणा र पेरिस सहरभन्दा चार गुणा ठूलो हो।
Read full story at source (nepalviews.com)