देशभर ११ प्रमुख राजमार्ग तथा सडक अवरुद्ध
nagariknews.nagariknetwork.com · Mon Jul 27 01:01:01 GMT 2026

बर्षाका कारण देशका विभिन्न ठाउँमा आएको बाढी र पहिरोले प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरी ले बिहान ६:०० बजेसम्म दिएको जानकारी अनुसार विभिन्न जिल्लाका सडकमा सवारी आवतजावत बन्द गरिएको छ।
बिपी राजमार्ग अन्तर्गत काभ्रे र सिन्धुलीको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडक खण्डमा सम्भावित बाढीलाई ध्यानमा राख्दै बेलुका ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सम्पूर्ण सवारीसाधन चलाउन रोक लगाइएको छ। बिहान ४:०० बजेदेखि बेलुका ६:०० बजेसम्म भने सवारीसाधन सुचारु हुनेछन्। त्यस्तै, काभ्रेको रोशी गाउँपालिका-९ पिन्थली र वडा नं. ८ गिम्दिवेशीमा लेदोसहितको पहिरो आएका कारण पनि बिपी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)