नन्दन यादवले क्रिकेट विश्वकप लिग २ का बाँकी खेल नखेल्ने
barnanmedia.com · Mon Jul 27 01:37:42 GMT 2026
काठमाडौं । तीव्र बलर नन्दन यादवले नेदरल्यान्ड्समा भइरहेको क्रिकेट विश्वकप लिग २ को बाँकी खेल गुमाउने भएका छन् । ह्यामस्ट्रिङ तन्किएका कारण उनी खेल्न नसक्ने भएको नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार जनाएको छ ।
मंगलबार नामिबियासँगको पहिलो खेलमा उनी असहज महसुस गर्दै मैदान छाडेको भिडियो प्रत्यक्ष प्रसारणमा देखाइएको थियो । त्यसपछि उनले बिहीबार नेदरल्यान्ड्ससँगको दोस्रो खेल खेलेका थिएनन् । नेपाली टोलीमा १६ औं खेलाडीका रूपमा अर्का तीव्र बलर हेमन्त धामी रहेका छन्, सम्भवतः नन्दनको स्थानमा हेमन्त नेपालको १५ सदस्यीय टोलीमा आउनेछन् ।
Read full story at source (barnanmedia.com)