यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
ajakoartha.com · Mon Jul 27 02:13:00 GMT 2026

काठमाडौं- नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको नयाँ दरअनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा कायम भएको छ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९९ पैसा तोकिएको छ भने युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ४६ पैसा र बिक्रीदर २०६ रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ। स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ४९ पैसा र बिक्रीदर १८९ रुपैयाँ २२ पैसा रहेको छ।
Read full story at source (ajakoartha.com)