प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको निधन
nepalsamaya.com · Mon Jul 27 02:36:58 GMT 2026

काठमाडौं- प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको निधन भएको छ। रुपन्देहीलाई कर्मथलो बनाएर पत्रकारिता गर्दै आएका अग्रज पत्रकार ज्ञवालीको उपचारको क्रममा काठमाडौंमा निधन भएको हो।
तिलोत्तमाको शंकरनगरका स्थायी बासिन्दा ८० वर्षीय ज्ञवाली पछिल्लो केहीसमय यता मुटु र फोक्सोमा समस्या देखिएपछि काठमाडौंको बि एण्ड बी अस्पतालमा उपचाररत थिए।
Read full story at source (nepalsamaya.com)