होर्मुजमा पहिलो ठूलो समुद्री दुर्घटना, बारुदी सुरुङमा ठोक्कियो तेल ट्यांकर
canadanepal.com · Mon Jul 27 02:38:33 GMT 2026
एजेन्सी । होर्मुज जलडमरूमध्यमा एक तेल ट्यांकर समुद्री बारुदी सुरुङ (नेभल माइन) मा ठोक्किँदा आगलागी भएको छ। इरानी समाचार एजेन्सी तस्नीमका अनुसार ट्यांकर इरानले तोकेको समुद्री मार्ग छाडेर अर्को रुटबाट गुज्रिरहेका बेला बारुदी सुरुङमा ठोक्किएको हो।
इरानले यसअघि पनि आफ्नो तोकिएको समुद्री मार्गभन्दा बाहिर यात्रा गर्ने जहाजले त्यसको जिम्मेवारी स्वयं वहन गर्नुपर्ने चेतावनी दिँदै आएको थियो। यद्यपि, घटनाबारे इरानी अधिकारीहरूले हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन्। क्षतिको अवस्था वा मानवीय हताहतीबारे पनि पुष्टि भएको छैन।
Read full story at source (canadanepal.com)