सुनसरीका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु
kalakarmi.com · Mon Jul 27 02:51:57 GMT 2026

सुनसरी- सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगन्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
आइतवार राति दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । उक्त घटनामा प्रदर्शनकारी र प्रहरी गरी १६ जना घाइते भएका छन् ।
Read full story at source (kalakarmi.com)