डा. गोविन्द केसी–सरकार वार्ता सहमति नजिक
nepalnews.com · Mon Jul 27 03:00:09 GMT 2026

धनगढी । शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसँग सम्बन्धित मागसहित गत बिहीबारदेखि सत्याग्रहमा रहेका डा. गोविन्द केसी र सरकारबीचको वार्ता सहमति नजिक पुगेको दाबी गरिएको छ। आइतबार दिनभरि भएको छलफल सकारात्मक रहे पनि सहमतिपत्रमा हस्ताक्षर हुन सकेन।
डा. केसी पक्षका वार्ता टोली सदस्य डा. अमृत जैसीका अनुसार अधिकांश विषयमा दुई पक्षबीच समझदारी बनेको छ र सोमबार केही बाँकी गृहकार्य पूरा भएपछि सहमति टुंगिने अपेक्षा गरिएको छ। उनले सहमतिका बुँदाबारे विस्तृत जानकारी भने सार्वजनिक गरेका छैनन्। उनका अनुसार स्वास्थ्य क्षेत्रको सुधार र गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा सरकार सकारात्मक देखिएको छ।
Read full story at source (nepalnews.com)