आफूखुसी गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन सार्वजनिक सूचना
nagariknews.nagariknetwork.com · Mon Jul 27 02:50:42 GMT 2026

प्रहरी प्रधान कार्यालयले आफूखुसी कार्यालयमा गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र कार्यालयको सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेको छ।
सोमबार जारी सूचनामा सम्बन्धित प्रहरी कर्मचारीहरू तोकिएको मितिदेखि बिनाजानकारी कार्यालयमा अनुपस्थित रहेको भनिएको छ। खोजतलास गर्दा तथा प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम ११५ को उपनियम (२) बमोजिम आवश्यक प्रक्रिया पूरा गरी सूचना टाँस गरिसक्दा पनि उनीहरू सम्पर्कमा नआएपछि सार्वजनिक सूचना प्रकाशित गरिएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)