सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु
nepalviews.com · Mon Jul 27 03:02:36 GMT 2026

सुनसरी । साउने सोमबारको बोलबम यात्राका क्रममा दुई समूहबीच भएको विवादले उग्र रूप लिएपछि सुनसरीका विभिन्न स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु हुनुका साथै आठ जना घाइते भएका छन्।
आइतबार राति युवाहरूको एक समूह डिजे बजाउँदै सप्तकोशी नदीतर्फ बोलबम यात्रामा निस्कने तयारीमा थियो। रातिको समयमा होहल्ला भएको भन्दै अर्को समूहले अवरोध गर्न खोजेपछि विवाद उत्पन्न भई झडपको स्थिति सिर्जना भएको थियो। हिंसात्मक बनेको झडपलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ। घटनामा ८ जना प्रदर्शनकारी घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।
Read full story at source (nepalviews.com)