सुनसरीमा झडप : सचेतक परियारद्वारा संयम अपनाउन र निष्पक्ष छानबिन गर्न माग
ratopati.com · Mon Jul 27 03:07:56 GMT 2026

काठमाडौँ । सुनसरीको देवानगञ्ज–हरिनगर क्षेत्रमा दुई समुदायबिच झडप भई एक जनाको मृत्यु र दर्जनभन्दा बढी घाइते भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। आइतबार डिजे साउण्ड बजाउने विषयलाई लिएर दुई समुदायबिच सुरु भएको विवादले उग्र रूप लिँदा झडप भएको थियो।
झडपका क्रममा सशस्त्र प्रहरीको गोली लागेर देवानगञ्ज गाउँपालिका–४ का ओमप्रकाश मेहताको मृत्यु भएको छ। घटनामा ९ जना सर्वसाधारण, नेपाल प्रहरीका ८ जना र सशस्त्र प्रहरीका ५ जना गरी २२ जना घाइते भएका छन्।
Read full story at source (ratopati.com)