धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको काठमाडौं लैजाँदै गर्दा मृत्यु
onlinekhabar.com · Mon Jul 27 03:08:11 GMT 2026

११ साउन, धनगढी । धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मादाह प्रयास गरेकी युवतीको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-७ की ३५ वर्षीया ज्योति चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश बिष्टका अनुसार चौधरीले शनिबार साँझ आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् । उनलाई आफन्तले तत्काल उद्धार गरी सेती प्रादेशिक अस्पताल पुर्याएका थिए । उपचारका क्रममा चिकित्सकले उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको बताएका थिए ।
Read full story at source (onlinekhabar.com)