गेटा विश्वविद्यालयः एकातिर संशय, अर्कातिर उत्साह
arthadabali.com · Mon Jul 27 03:17:41 GMT 2026

सुदूरपश्चिम / “...सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको परिसरमा वर्षायामका कारण झाडी, बुट्यान र अनावश्यक वनस्पति अत्यधिक फैलिएका छन् । यसले सुरक्षित आवतजावतमा समस्या भइरहेको छ । झाडी कटान तथा सरसफाइ गर्न विश्वविद्यालयको आन्तरिक स्रोतबाट पुगेको छैन । त्यसैले सरसफाइ अभियानमा सहयोगका लागि हार्दिक अनुरोध गर्दछौँ”, यही साउन ४ गते दिउँसो ३ः२० बजे विश्वविद्यालयका उपकुलपति डा. सुनिलकुमार जोशीले सामाजिक सञ्जालमा लेखे ।
त्यसको भोलिपल्ट बिहान सबेरैदेखि झाडु बोकेर सयौँ नागरिक त्यहाँ पुग्न थाले । त्यसयता दैनिकजसो सयौँ विद्यार्थी, शिक्षक, व्यवसायी, कर्मचारी, युवा क्लब, सामाजिक अभियन्ता र आमनागरिकले स्वस्फूर्त विश्वविद्यालय परिसर सफाइमा जुटिरहेका छन् ।
Read full story at source (arthadabali.com)