होर्मुजमा समुद्री माइनसँग तेल ट्यांकर ठोक्कियो
kendrabindu.com · Mon Jul 27 03:20:45 GMT 2026

काठमाडौं । होर्मुज जलमार्गमा तेल ट्यांकर समुद्री माइनसँग ठोक्किँदा आगलागी भएको छ । इरानको सरकारी समाचार संस्था तास्निमका अनुसार ट्यांकर इरानले तोकेको समुद्री मार्गभन्दा बाहिरबाट यात्रा गरिरहेका बेला माइनसँग ठोक्किएको हो ।
इरानको अर्ध–सरकारी मेहर समाचार संस्थाले स्रोतलाई उद्धृत गर्दै जहाज निर्धारित समुद्री मार्गबाट विचलित भएपछि माइनसँग ठोक्किएको जनाएको छ । इरानले जुन २६ मा होर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने सबै व्यापारिक जहाजले आफ्ना सुरक्षा निकायले तोकेको समुद्री मार्ग मात्र प्रयोग गर्नुपर्ने चेतावनी दिएको थियो ।
Read full story at source (kendrabindu.com)