अब पालिका र वडादेखि योजना सञ्चालकसम्मले सार्वजनिक सुनुवाइ अनिवार्य गर्नुपर्ने
nagariknews.nagariknetwork.com · Mon Jul 27 03:10:18 GMT 2026

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पालिका, वडा र पालिकाभित्र कार्यक्रम सञ्चालन गर्ने गैर सरकारी संस्था र अन्य सार्वजनिक निकायले पालिकासँग समन्वय गरी अनिवार्य सार्वजनिक सुनुवाइ गर्नुपर्ने गरी कार्यविधि ल्याएको छ।
पालिकाको सेवा प्रवाहलाई पारदर्शी, उत्तरदायी र जवाफदेही बनाउन पालिकाले ल्याएको सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि २०८३ अनुसार कार्यविधि कार्यान्वयनमा आएपछि पालिका र वडाले प्रत्येक चौमासिक अवधिमा अनिवार्य रूपमा सार्वजनिक सुनुवाइ सञ्चालन गर्नुपर्ने छ। सार्वजनिक सुनुवाइका गर्नुपर्ने अनिवार्य सर्तसहित कार्यविधि ल्याएको गाउँपालिकाले यदि कुनै अवस्थामा सार्वजनिक सुनुवाइका लागि आनाकानी भए सभाका २५ प्रतिशत सदस्यले तथा कुनै योजना तथा आयोजनाका लागि २५ प्रतिशत सदस्यले विशेष सार्वजनिक महत्वका विषयमा सार्वजनिक सुनुवाइ गर्नुपर्ने सर्त समेत उल्लेख गरेको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)