नि:शुल्क स्वास्थ्य शिविरबाट ४४० लाभान्वित
gorkhapatraonline.com · Sun Jun 07 07:44:39 GMT 2026

प्यूठानको गौमुखी गाउँपालिका–७, नारीकोटमा सञ्चालित नि:शुल्क स्वास्थ्य शिविरबाट ४४० जनाले प्रत्यक्ष स्वास्थ्य सेवा लिएका छन् । वडा कार्यालयको आयोजनामा विगतका वर्षझैँ यस वर्ष पनि नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
शिविरमा पुरुषका तुलनामा महिलाको सहभागिता उल्लेखनीय रहेको थियो । गौमुखी गाउँपालिका–७ को सहयोग तथा लुम्बिनी सिटी अस्पताल एन्ड मेडिकल साइन्स प्रालि, बुटवल र निमतारा पोलिक्लिनिक, बिजुवारको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।
Read full story at source (gorkhapatraonline.com)