सात बाल पुस्तक सार्वजनिक
clickmandu.com · Mon Jul 27 03:39:58 GMT 2026

काठमाडौं । बालकथा मार्फत सिमान्त आवाज र पहुँचलाई अभिवृद्धि गर्ने उद्देश्यले लेखिएका सात बाल पुस्तक सार्वजनिक भएको छ । आइतबार नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा शिक्षाविद केदारभक्त माथेमा, अग्रज बाल साहित्यकार गंगा कर्माचार्य, कलाकार तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति केके कर्माचार्य, बाल साहित्यकार तथा समीक्षक प्रमोद प्रधान, अधिकारकर्मी गौरी नेपाली, पुस्तकका लेखकहरु लगायतले सात पुस्तकको विमोचन गरेका हुन् ।
पत्रकार सुशीला तामाङको संयोजनमा सञ्चालित ब्रिटिस काउन्सिलको लैङ्गिता सम्बन्धि कला कार्यक्रम ‘जेन्डर आर्टस् : इक्वेल टुगेदर २०२५’ अन्तर्गत ‘अपराजिता कथा परियोजना’मा संयोजक तामाङको ‘आइतीको बिहे’, बिना थिङको ‘नामको कथा’, हंसावती कुर्मीको ‘इन्द्रेणी’, शान्ति सापकोटाको ‘मितिनी’, ‘संजोग ठकुरीको ‘ममीघर’, ‘अस्मिता वादीको ‘हैतमाको हिम्मत’ र संगीता उराँवको सुर्जीको उज्यालो’ बालकथाका पुस्तकहरु सिर्जना भएका छन् ।
Read full story at source (clickmandu.com)