धनगढीमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका युवकको मृत्यु
annapurnapost.com · Mon Jul 27 03:55:54 GMT 2026

धनगढी : धनगढीमा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले आत्मदाह प्रयास गरेका धनगढी उपमहानगरपालिका–७ निवासी ३५ वर्षीय ज्योति चौधरीको उपचार लागि काठमाण्डौं लैजाने बेला बाटोमै मृत्यु भएको हो।
प्रहरीका अनुसार चौधरीले शनिबार साँझ आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। आगलागीपछि परिवारका सदस्यले तत्काल सेती प्रादेशिक अस्पताल पुर्याएका थिए। चिकित्सकका अनुसार उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको थियो।
Read full story at source (annapurnapost.com)