मेटालाई टक्कर दिन प्रिमियम स्मार्ट चस्मा ल्याउँदै सामसङ, स्मार्टफोन जस्तै टिकाउ र आरामदायी हुने
techpana.com · Mon Jul 27 04:28:25 GMT 2026

काठमाडौं । दक्षिण कोरियाली प्रविधि जायन्ट सामसङले आफ्ना आगामी स्मार्ट चस्माका फिचरहरू विस्तृत रूपमा सार्वजनिक गरेको छ । कम्पनीले यसअघि मे महिनामा आयोजित गुगल आई/ओ सम्मेलनमा यो इन्टेलिजेन्ट आईवेयरको पहिलो झलक देखाए पनि यसको डिजाइन र कार्यक्षमताका बारेमा धेरै जानकारी गोप्य राखेको थियो । हालै आयोजित ग्यालेक्सी अनप्याक्ड इभेन्टपछि आयोजित पत्रकार सम्मेलनमा सामसङले यस डिभाइसका विस्तृत फिचर र आफ्नो रणनीतिक योजना खुलासा गरेको हो ।
सामसङका कार्यकारी उपाध्यक्ष एवं एक्सटेन्डेड रियालिटी (एक्सआर) रिसर्च एन्ड डेभलपमेन्ट टोलीका प्रमुख जेम्स चोई का अनुसार यो डिभाइस स्मार्टफोन विशेषज्ञद्वारा बनाइएको वेरेबल डिभाइस हो । यो चस्मा स्मार्टफोनलाई पूर्ण रूपमा विस्थापन गर्न नभई मोबाइल प्रयोगको अनुभवलाई थप सहज र वृहत् बनाउन डिजाइन गरिएको हो । चोईले सामसङ पहिलो स्मार्टफोन ब्रान्डका रूपमा यस बजारमा प्रवेश गरेकाले आफ्नो प्रविधि र अनुभवको बलमा प्रयोगकर्ताले अपेक्षा गरे बमोजिमको हलुका र आरामदायी डिभाइस प्रदान गर्ने दाबी गरे ।
Read full story at source (techpana.com)